साउन ३१, काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । घानीले अफ्गानस्तान छाडेर ताजगस्थान तर्फ लागेको जानकारी समचार संस्था रोयटर्सले जानकारी दिएका छन ।
तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । तालिबानले अफगानिस्तानका सबैजसो मुख्य सहर कब्जामा लिएको छ। आइतबार बिहान तालिबानीहरू राजधानी काबुल पनि प्रवेश गरेको समाचार संस्था एसोसिएट प्रेस ९एपी० ले जनाएको छ। उनीहरूले यसअघि नै अरू मुख्य सहर कब्जामा लिइसकेका थिए।

