नवनियुक्त मन्त्रीहरूले आज लिए सपथ

Byपहिलो सुचना

२०७९ चैत्र १७, शुक्रबार १५:४६ २०७९ चैत्र १७, शुक्रबार १५:४६ २०७९ चैत्र १७, शुक्रबार १५:४६

चैत १७, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा रक्षा मन्त्री बनेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री भएका छन् ।

त्यसैगरी जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री, लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जा तथा जलस्रोत मन्त्री भएका छन् ।

त्यस्तै प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री भएका छन् भने रञ्जिता श्रेष्ठ भूमि सुधार मन्त्री, रमेश रिजाल उद्योग मन्त्री, र सीता गुरुङ सहरी विकास मन्त्रीको रुपमा छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook