मन्त्रालयको कामलाई नतिजामुखी बनाउँछुः ऊर्जामन्त्री बस्नेत

Byपहिलो सुचना

२०७९ चैत्र १८, शनिबार ०७:०० २०७९ चैत्र १८, शनिबार ०७:०० २०७९ चैत्र १८, शनिबार ०७:००

चैत १८, काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन्। 

सिंहदबारस्थित मन्त्रालयमा आज पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे। उनले सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिए। 

ऊर्जामन्त्री बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे। 

‘देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ। मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरूरी छ,’ मन्त्री बस्नेतले भने। 
 
मन्त्री बस्नेतले मुलुक विशिष्ट परिस्थितिमा रहेकाले विशिष्टीकृत ढङ्गले काम गर्न जरुरी रहेको खाँचो औंल्याए। ‘मानिसमा आशा जगाउन जरुरी छ । मुलुकको आवश्यकताका आधारमा ‘टिम स्पिरिट’ का साथ इमान्दारीपूर्वक काम गर्न सबै सक्रिय हुनुपर्छ,’ उनले भने। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook