बुडाल मृत्यु प्रकरण : हत्या गरिएको भन्दै परिवारले शव बुझ्न मानेनन्

Byपहिलो सुचना

२०७९ फाल्गुन १६, मंगलवार ११:२० २०७९ फाल्गुन १६, मंगलवार ११:२० २०७९ फाल्गुन १६, मंगलवार ११:२०

फागुन १६, बैतडी । बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको भन्दै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालको हत्या गरिएको जनाउँदै परिवारजनले भने शव बुझ्न मानेका छैनन् ।

बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका ४ जाडाबगरस्थित चौलानी नदी किनारामा गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए । उनीसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दीपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।

राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत बुडाल बिदामा घर आएका थिए । शनिबार आफ्नो घर दशरथचन्द-१० खडेनीबाट वनभोज मनाउने भन्दै उनी ११ साथीसँग म १ ज २२२ नम्बरको जिपमा चौलानी किनार गएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook