भिरबाट लडेर बालिकाको मृत्यु

Byपहिलो सुचना

२०७९ फाल्गुन १७, बुधबार ०७:०० २०७९ फाल्गुन १७, बुधबार ०७:०० २०७९ फाल्गुन १७, बुधबार ०७:००

फागुन १७, ढोरपाटन । बागलुङमा एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।

बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटकी ८ वर्षीया प्रतिक्षा घर्ती मगरेको भिरबाट लडेर मृत्यु भएको हो । उनी मंगलबार विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन्।

मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए ।

उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook