फागुन १५, सेन फ्रान्सिस्को । ग्याल्पो ल्होछारको अवसरमा अमेरिकाको क्यालिफोर्नियामा हुन गइरहेको शेर्पा ल्होछार साझको तयारी पुरा भएको छ । २१५० औं लुनार संवदको अवसरमा क्यालिफोर्निया शेर्पा एसोसिएसनले सो कार्यक्रम आयोजना गर्न लागेको हो ।
सो कार्यक्रममा नेपालबाट आएका चर्चित सेलो गायक विजय लामा, गायिका शशिकला मोक्तानलगायत स्थानीय कलाकारहरुको सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुति र डिजे दावा फिन्जो शेर्पाको साथ डिजे नाइट रहेको आयोजकले जानकारी दिए ।

यस्ता कार्यक्रमले परदेशी भुमिमा रहे पनि आफ्नो संस्कृति, रितिरिवाज र पहिचानको जगेर्ना हुने र साथसाथै भावी सन्ततिहरुले पनि आफ्नो पहिचान नबिर्सने कार्यक्रमका आयोजक बताउँछन् ।
कार्यक्रम मार्च ५ तारिकमा अमेरिकाको १३५१ मेपल एभेन्यु, सेन्टा रोजा (Santa Rosa Veterans Memorial Building), क्यालिफोर्नियामा हुन लागेको हो । सेन फ्रान्सिस्कोमा हुन गइरहेको सो कार्यक्रममा आयोजकले बे एरियामा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइ सफल पार्न सहयोग गर्न अनुरोध गरेका छन् ।
