जसपा सांसद शहनाज रहमानको निधन

Byपहिलो सुचना

२०७९ फाल्गुन १३, शनिबार १३:५२ २०७९ फाल्गुन १३, शनिबार १३:५२ २०७९ फाल्गुन १३, शनिबार १३:५२

फागुन १३, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको निधन भएको छ । उनको ६३ वर्षमा हृदयघातका कारण निधन भएको हो ।

शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला हृदयघात भएको सांसद रहमानको मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।

झापाकी स्थायी बासिन्दा उनी समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य थिइन् । उनी जसपाकी केन्द्रीय सदस्य पनि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook