राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

Byपहिलो सुचना

२०७९ फाल्गुन १३, शनिबार १३:२७ २०७९ फाल्गुन १३, शनिबार १३:२७ २०७९ फाल्गुन १३, शनिबार १३:२७

फागुन १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरूले राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन् ।

शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पत्र बुझाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री राजीनामा दिएका हुन् ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook