बागमती प्रदेशमा पनि राप्रपा सरकारबाट बाहिरियो

Byपहिलो सुचना

२०७९ फाल्गुन १४, आईतवार ०६:१९ २०७९ फाल्गुन १४, आईतवार ०६:१९ २०७९ फाल्गुन १४, आईतवार ०६:१९

फागुन १४, काठमाडौं । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार बेलुकी ८ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाएका हुन् । पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिएको उनले बताए ।

मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन् ।

केन्द्रमा पनि शनिबार राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए ।

राष्ट्रपति निर्वाचनको उम्मेदवार मनोनयनका बेला नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट हट्ने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook