दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात सङ्कलन

Byपहिलो सुचना

२०७९ माघ १०, मंगलवार १८:०१ २०७९ माघ १०, मंगलवार १८:०१ २०७९ माघ १०, मंगलवार १८:०१
kf]v/f, ! df3M kf]v/fdf ljdfg b'3{6gf kf]v/fl:yt ;]tL gbLsf] vf]Frdf b'3{6gf ePsf] otL Po/nfOG;sf] ljdfg . otL Po/nfOG;sf] P6Lcf/–&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M hd'gf zdf{÷/f;;

माघ १०, काठमाडौं । यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनास्थलबाट आवश्यक पार्टपुर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै दुर्घटनास्थलको पुनः विस्तृत निरीक्षण गरी आवश्यक पार्टपुर्जा, वायुयानका रेकर्ड, केही प्रत्यक्षदर्शीसँगको कुराकानी र वायुसेवा सञ्चालकबाट आवश्यक कागजात सङ्कलनको गरिसकेको जनाएको छ । “नियामक निकायलगायतबाट थप कागजात सङ्कलनको काम भइरहेको छ”, विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार दुर्घटना जाँचको सन्दर्भमा महत्त्वपूर्ण सूचना प्राप्त हुने रेकर्डर नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्षजनशक्तिसहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण एवं विश्लेषण गर्न लैजाने तयारी भइरहेको छ ।

“अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम आयोगद्वारा अनुसन्धान जारी रहेको र सबै प्रक्रिया पूरा गरी उडान सुरक्षामा थप सहयोग पुग्ने सुझावसहितको प्रतिवेदन सरकारलाई पेस गरिने छ”, विज्ञप्तिमा भनिएको छ । उक्त जहाज दुर्घटनामा चालक दलका सदस्यसहित ७१ जनाको निधन भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनालगत्तै सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook