प्रशासनले बन्द गरिदियो भैरहवाको ‘जेल रेष्टुरेण्ट’

Byपहिलो सुचना

२०७९ माघ १०, मंगलवार ०७:१६ २०७९ माघ १०, मंगलवार ०७:१६ २०७९ माघ १०, मंगलवार ०७:१६

माघ १०, भैरहवा । रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ ।

उक्त रेष्टुरेण्टबाट हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरिएको प्रहरीले जनाएको छ ।

ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो ।

ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए । अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको उनले बताए ।

फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो । रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए ।

यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । यो रेष्टुरेण्ट करिब एक महिना अघिदेखि सञ्चालनमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook