साउन ३०, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ ।
सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्द भएका ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट आवेदन रद्द भएका १ लाख ०६ हजार २ सय ९२ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २३ लाख ०८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
