युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन चैतमा

Byपहिलो सुचना

२०७९ माघ ६, शुक्रबार ०६:५८ २०७९ माघ ६, शुक्रबार ०६:५८ २०७९ माघ ६, शुक्रबार ०६:५८

माघ ६, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय भएको छ ।

युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा महाधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण पौडेलले बताए ।

यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो । त्यसयता सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो ।

बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भएका थिए ।

महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पौडेलले बताए ।

महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले पार्टी र सङ्घको हित विपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ ।

महाधिवेशनको तयारीका लागि सङ्घको केन्द्रीय बैठक आगामी माघ १९ र २० गते गर्ने निर्णय गरिएको छ । यसअघि अनेरास्ववियु र अखिल नेपाल महिला सङ्घले राष्ट्रिय अधिवेशनको मिति तोकिसकेको छ ।

एमालेको जनसङ्गठनको पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको भेलाले जनसङ्गठनको राष्ट्रिय अधिवेशन/सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो । एमालेको आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook