हुम्लामा हिमपात, जनजीवन कष्टकर

Byपहिलो सुचना

२०७९ माघ ६, शुक्रबार ०९:३९ २०७९ माघ ६, शुक्रबार ०९:३९ २०७९ माघ ६, शुक्रबार ०९:३९
Snow

माघ ६, सिमकोट । हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ ।

विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ ।

लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ ।

लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् ।

हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook