गण्डकीको उपसभामुखमा बिनाकुमारी थापा निर्वाचित

Byपहिलो सुचना

२०७९ माघ २, सोमबार १७:२२ २०७९ माघ २, सोमबार १७:२२ २०७९ माघ २, सोमबार १७:२२

माघ २, गण्डकी । गण्डकी प्रदेश सभाको उपसभामुखमा नेकपा (एमाले) की बिनाकुमारी थापा निर्वाचित भएकी छन्।

सोमबार भएको निर्वाचनमा थापाको पक्षमा ३२ मत खसेको प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले जानकारी दिए।

उनका अनुसार उपसभामुख पदका अर्का उम्मेदवार नेपाली कांग्रेसकी पार्वती तामाङले २६ मत ल्याएकी थिइन्। प्रदेश सभाका कुल ६० सदस्यमध्ये सभामुख कृष्णप्रसाद धिताल तटस्थ बसेका थिए। कांग्रेसका एक जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित रहे।

उपसभामुख थापालाई एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्यले मत दिएका थिए। 

थापाको प्रस्तावकमा एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपाली  र समर्थकमा माओवादी केन्द्रका सुशीला सिम्खडा रहेका थिए। थापा समानुपातिकतर्फ बागलुङबाट निर्वाचित भएका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook