सेतीको खोंचमा माछा मारिरहेका आले भन्छन्- बेलाबेलामा झस्कन्छु

Byपहिलो सुचना

२०७९ माघ २, सोमबार १७:१२ २०७९ माघ २, सोमबार १७:१२ २०७९ माघ २, सोमबार १७:१२
kf]v/f, ! df3M kf]v/fdf ljdfg b'3{6gf kf]v/fl:yt ;]tL gbLsf] vf]Frdf b'3{6gf ePsf] otL Po/nfOG;sf] ljdfg . otL Po/nfOG;sf] P6Lcf/–&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M hd'gf zdf{÷/f;;

माघ २, गण्डकी । आइतबार बिहान यती एयरलाइन्सको जहाज खसेको पोखराको सेतीकै खोंच नजिक छ नागार्जुन टोल। त्यही टोलमा बस्छन् कुमार आले।

तनहुँको बन्दीपुरमा जन्मेका उनी परिवारसहित १० वर्षदेखि यही टोलमा बस्दै आएका छन्।

स्थानीय ब्लक फ्याक्ट्रीमा काम गर्ने आले समय–समयमा माछा मार्न सेती नदीको किनारमा जाने गर्छन्। संयोगवश आइतबार पनि बिहानै उनी सेतीको खोंच झरे। दुर्भाग्य, त्यहीँ माछा मार्ने क्रममा आइतबार बिहान उनले जीवनमा कहिल्यै नदेखेको त्रासदी देखे र भोगे। 

एकसुरमा जालमा माछा पार्ने प्रयन्त गरिरहेका आलेले सेती सुसाएको जस्तो सुने। ठूलो आवाजसँगै माछा मारिरहेकै ठाउँमा ढुङ्गा झर्न थाले। सुसाएको आवाज ठूलै हावाहुरी आएको जस्तो सुनिएको आलेले सुनाए।

‘ढुंगा झर्न थालेसँगै मेरो त होसहवास नै उड्यो, के भयो भनेर निकै अत्तालिएँ’, उनले भने, ‘खोंचबाट माथि कसरी आइपुगे आफैंलाई थाहा छैन, अहिले सम्झँदा कहाली लागेर आउँछ।’

माथि आइसकेपछि मात्रै जहाज दुर्घटना भएको थाहा पाएको उनले सुनाए।

सेती खोंचमा आफू मात्रै नभइ अरू चार जनाले पनि माछा मारिरहेको आफूले पछि मात्रै थाहा पाएको बताए।

‘यति ठूलो दुर्घटना हुँदा नदीकै खोंचमै रहेको म भाग्यले बाँचेको जस्तो लाग्छ, अहिले पनि सम्झाँदा डर लाग्छ’, उनले सुनाए, ‘परिवारका सदस्य पनि उत्तिकै डराएका छन्।’

जहाज ठोक्किएपछि खोंचमा खसेका ढुंगा शरीरमा लाग्दा करङ्गमा चोट लागेको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको उनले सुनाए। 

नदीको दुवैतर्फ रहेका घनाबस्तीका बीचमा जहाज दुर्घटना हुँदा आसपासका बस्ती जोगाएको भन्दै स्थानीयले पाइलट कमल केसीलाई धन्यवाद दिएका छन्।

स्थानीयवासी एवम् सिर्जना टोल विकास संस्थाका सचिव इन्द्रप्रसाद सापकोटाले भने, ‘दुर्घटनाको प्रकृति हेर्दा पाइलटले बस्ती जोगाउन निकै प्रयास गरेको जस्तो देखिएको छ, दुर्घटनाको कारणबारे अनुसन्धानको रिपोर्ट आएपछि बाँकी जानकारी हुने नै छ।’ 

सरकारले दुर्घटना जाँचका लागि पाँच सदस्यीय समिति गठन गरेको छ।

सोमबार विमानको बिहान भेट्टाइएको ब्ल्याक बक्स उक्त जाँच समितिले बुझाइसकिएको छ। ब्ल्याक बक्स जहाजको महत्वपूर्ण उपकरण मानिन्छ। जसमा विमान दुर्घटना हुनुभन्दा दुई घण्टा अघिसम्मका आवाज रेकर्ड हुन्छन्। उक्त ब्ल्याक बक्समा रेकर्ड भएका आवाजका आधारमा दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ। ब्ल्याक बक्समा इञ्जिनको आवाजसँगै क्याबिन, ककपिट आदिको आवाज रेकर्ड हुने भएकाले दुर्घटनाका समयमा जहाज कस्तो अवस्थामा थियो भन्ने पत्ता लगाउन सजिलो हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले बताए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook