गोली लागेर आफ्नै छोराको मृत्यु

Byपहिलो सुचना

२०७८ श्रावण ३०, शनिबार १४:०३ २०७८ श्रावण ३०, शनिबार १४:०३ २०७८ श्रावण ३०, शनिबार १४:०३

साउन ३०, पाल्पा । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका(६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook