एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

Byपहिलो सुचना

२०७८ श्रावण ३०, शनिबार १०:५५ २०७८ श्रावण ३०, शनिबार १०:५५ २०७८ श्रावण ३०, शनिबार १०:५५

साउन ३०, काठमाडौँ। रोल्पाको माडी गाउँपालिका – २ मा आज बिहान ३:५० तिर भएको एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु भएको छ। त्यस्तै घटनामा एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो।

भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको सुबेदीले बताए। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook