पुस २४, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य ३ रुपैयाँ प्रतिलिटरले घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
मूल्य घटेसङै अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
त्यस्तै वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ ।
