पुस २५, काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने भएको हो ।
गत मंसिर ४ मा भएको चुनावबाट आएका प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुँदैछन् ।
ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराको अध्यक्षतामा संसद बैठक सञ्चालन हुनेछ ।
गत मंसिर ४ मा भएको चुनावबाट आएका प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुँदैछन् । संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले आज बैठकलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् ।
भोलि (मङलबार) प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ ।
