ट्याक्टर दुर्घटना हुँदा बझाङमा २ जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ पुष १२, मंगलवार ०७:१२ २०७९ पुष १२, मंगलवार ०७:१२ २०७९ पुष १२, मंगलवार ०७:१२

पुस १२, बझाङ । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

सोमबार बेलुकी करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ का चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook