प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

Byपहिलो सुचना

२०७९ पुष ११, सोमबार १६:३१ २०७९ पुष ११, सोमबार १६:३१ २०७९ पुष ११, सोमबार १६:३१
sf7df8f}F, !! k';M zky lnFb} k|d bfxfn /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejg zLtn lgjf;df ;f]daf/ cfof]lht ;df/f]xdf gjlgo'Qm k|wfgdGqL k'iksdn bfxfn …k|r08ÚnfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

पुस ११, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको पनि उपस्थिति थियो ।

प्रचण्ड आज दौरासुरुवालमा ठटिएर शीतल निवास पुगेका थिए । प्रचण्डले पहिलो पटक दौरासुरुवाल लगाएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook