कतार फिफा विश्वकप : अर्जेन्टिना उपाधि नजिक‚ क्रोएसिया बाहिरियो

Byपहिलो सुचना

२०७९ मंसिर २८, बुधबार ०३:०७ २०७९ मंसिर २८, बुधबार ०३:०७ २०७९ मंसिर २८, बुधबार ०३:०७

मसिंर २५, दोह कतार । कतारमा जारी फिफा विश्वकप फुटबलको अर्जेन्टिनाले क्रोएसियालार्इ हराउदै फाइनल प्रवेश गरेको  छ ।
दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले ३-० गोल अन्तरले जित निकाल्दै फाइनल पुगेका हुन् ।

खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाएका छन् । त्यस्तै हाफपछि ६९ औं मिनेट अल्भारेजले दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० गोलको सहज जित दिलाए ।
अब अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ । यस हारसँगै क्रोएसियाको विश्वकप यात्रा भने टुंगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook