बेथानचोकमा बस दुर्घटना, कम्तीमा १७ जनाको मृत्युु

Byपहिलो सुचना

२०७९ मंसिर २७, मंगलवार २०:५४ २०७९ मंसिर २७, मंगलवार २०:५४ २०७९ मंसिर २७, मंगलवार २०:५४

मङ्सिर २७, काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्युु भएको छ । बनेपा नगरपालिका ११ बाट ब्रतबन्धका लागि बनेपा ५ च्याल्टी पुगेर फर्कँदै गरेकाे ‘रिजर्भ’ बस दुर्घटना परेकाे हाे ।

ढुङ्खर्कबाट पनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस मङ्गलवार बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

१७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुन बाकी छ ।

अहिले दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल र बनेपाकाे शिर मेमोरियल अस्पतालमा ल्याउने काम भइरहेकाे छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook