मङ्सिर ८, काठमाडौं । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभातर्फ नेकापा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।
उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।
