सबैभन्दा धेरै मतान्तरले जित्नेमा वर्षमान पुन पहिलो

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १२:३४ २०७९ मंसिर ८, बिहीबार १२:३४ २०७९ मंसिर ८, बिहीबार १२:३४

मंसिर ८, काठमाण्डौ । रोल्पाबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् ।

एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै पुन दोश्रोपटक रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हु्न । पुनले ४१ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुढाले १६ हजार ४ सय ८५ मत ल्याए । पुन र बुढाबीचको मतान्तर २५ हजार २ सय २९ छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको हालसम्म सार्वजनिक नतिजामा यति धेरै मतान्तरले निर्वाचित हुने पुन पहिलो हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook