मङ्सिर ८, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन् ।
उनले ४९ हजार २६१ मत ल्याउदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याउदै दोस्रो स्थानमा छन् । लामीछाने श्रेष्ठ भन्दा ३४ हजार १७० मत बढी ल्याउँदै विजयी भएका हुन् ।
त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोख्रेल तेस्रो नम्बरमा छन् । पोख्रेलले १४ हजार ६४९ मत ल्याएका छन् ।
