मङ्सिर ७, काठमाडौं । गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् ।
यहाँ २९ हजार ६ सय ८६ मत खसेको थियो । न्यौपानेले १६ हजार २ सय ६० मत ल्याएर निर्वाचित भएका हुन् । यहाँ नेकपा एमालेका मोहनप्रसाद भट्टराई पराजित भए। भट्टराईले ७५३३ मत ल्याएका छन् ।
