मङ्सिर ७, काठमाडौं । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे विजयी भएका छन् ।
कुल २६ हजार ३२६ मत खसेकोमा पाण्डेले १६ हजार ८८२ मत ल्याएका हुन् । त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बसन्तकुमार गुरुङले ५ हजार ३६० मत ल्याए ।
