काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार ०८:३२ २०७९ मंसिर ७, बुधबार ०८:३२ २०७९ मंसिर ७, बुधबार ०८:३२

काठमाडौं मङ्सिर ७ । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता सन्तोष चालिसे  बिजयी  भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५ हजार १५८ मतसहित चालिसे  विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मतमात्रै प्राप्त गरे । 

त्यस्तै तेस्रो स्थानमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले ५ हजार ८६५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरीले २ हजार ५११ मत पाएको निर्वाचन आयोगले जनाएको छ । माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईंले ५१८ मत पाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook