काठमाडौं-१० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार ०७:५२ २०७९ मंसिर ७, बुधबार ०७:५२ २०७९ मंसिर ७, बुधबार ०७:५२

मङ्सिर ७, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।

उनले १४ हजार ४ सय ५८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत ल्याएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप बिष्टले ८ हजार ७३६ मत ल्याउदै तेस्रो स्थानमा छन् ।

यहाँ विजेताको घोषणा भने हुन बाँकी छ । प्रत्यक्षतर्फका केही मत समानुपातिक बाकसमा खसेको हुनसक्ने भएकाले समानुपातिक मत गनिसकेपछि मात्र घोषणा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook