मङ्सिर ६, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले जितेका हुन् ।
सिंहले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी मिश्रले ७०११ मत पाएका छन् ।
यसअघि २०७४ को चुनावमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा भएको थियो । त्यति बेला मिश्र ८१९ मतले पराजित भएका थिए ।
