मङ्सिर ५, काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार २०० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९४८ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३४० मतसहित तेस्रो स्थानमा छन् ।
