मङ्सिर ४, काठमाडौं । आज भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै यो मत आयोगले अपेक्षा गरेभन्दा केही कम भएको जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले भने, “केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अघिल्लो निर्वाचन भन्दा यो करिव १७ प्रतिशत कम हो ।” २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो ।
थपलियाले आजै रातिबाट काठमाडौं लगायतका स्थानमा गणना सुरु हुने पनि जानकारी दिए । हिमाली जिल्लाको भोलिबाट ढुवानी सुरु गर्ने पनि उनले बताए ।
त्यसैगरी विभिन्न कारणले स्थगित भएका १५ निर्वाचन केन्द्रको चुनाव पनि दुई दिनभित्र सम्पन्न गर्न आयोगले निर्देशन दिएको छ ।
