मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा प्रधानमन्त्रीले दिए धन्यवाद

Byपहिलो सुचना

२०७९ मंसिर ४, आईतवार २०:०१ २०७९ मंसिर ४, आईतवार २०:०१ २०७९ मंसिर ४, आईतवार २०:०१
Deubaप्रधानमन्त्री शेरबहादुर देउवाले अाइतबार सिंहदरबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा महिला ,बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयले अाेजित कार्यक्रम मा

मङ्सिर ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज साँझ ट्वीट गर्दै देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा आयोगलाई विशेष धन्यवाद दिएका छन् । उनले मतदान सफल बनाउने कार्यमा खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई पनि धन्यवाद दिएका छन् । 

“निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु । साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्ववेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु”, प्रधानमन्त्रीले ट्वीटमा लेखेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook