शैलुङ गाउपालिकामा खसे १०२१८ मत

Byपहिलो सुचना

२०७९ मंसिर ४, आईतवार १९:१० २०७९ मंसिर ४, आईतवार १९:१० २०७९ मंसिर ४, आईतवार १९:१०

ज्ञानकाजी तामाङ

मंसिर ४, दोलखा । शैलुङ गाउँपालिकामा आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा कुल १०२१८ मत खसेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार अन्तिम समयसम्ममा खसेको मत विवरण अनुसार वडा नं १ दुधपोखरिमा १२५०, वडा नं २ भुषाफेदामा २१२३,वडा नं ३ मा ११८९,वडा नं ४ मा ११०१, वडा नं ५ मा ८६० मत खसेको छन भने वडा नं ६,७ र ८ मा क्रमशः ८५८,१०४५ र १७९२ मत खसेका छन ।

सबै मतदान केन्द्रमा खसेको मत मुचुल्का उठाउदै सदरमुकाम ल्याउने तयारी भइरहेको र  जिल्लभर  गरि ७४ वडाको मत पेटिका सदरमुकाम ल्याएपछि मात्रा  मत गणना सुरु गरिने जानकारी जिल्ला निर्वाचन आयोग दोलखाका प्रमुखले जानकारी दिए

जिल्लाभरि गरि कुल १६००९६ मतदाता रहेको छन भने जसमा पुरुष  मतदाता ८०५१७ र महिला  मतदाता ७९५७९ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook