शान्तिपुर्ण तवरले धाधाली गर्दै मतदान सम्पन्न

Byपहिलो सुचना

२०७९ मंसिर ४, आईतवार १५:३० २०७९ मंसिर ४, आईतवार १५:३० २०७९ मंसिर ४, आईतवार १५:३०

मङ्सिर ४, दोलखा । निर्वाचन आयोगको र संविधानले प्रदान गरेको अधिकार र नियम अनुसार १ जना व्यक्तिले १ पटकको निर्वाचनमा फोटो सहितको परिचयपत्र बोकेर स्वयम् उपस्थित भएर आफ्नो १ मत मात्र मतदान गर्न पाउने व्यवस्था छ । तर दोलखा जिल्लाको शैलुङ गाउपालिका -२ नविन मा.वि मतदान केन्द्रमा भने एकै व्यक्तिले पटकपटक गरि १५ पटक भन्दा पनि बढि मतदान गरेका छन् ।

निर्वाचन आयोगले मतदान गर्न आउदा नेपाल सरकारले जारि गरेको फोटो सहितको परिचयपत्रको आधारमा मात्रै मतदान गर्न पाउने भनिए पनि फोटो सहितको मतदाता पुस्तकमा उल्लेख गरेको सिरियल नंम्बर (क्रम संङ्या नम्बर चिटको रुपमा) लिएर आएको आधारमा दलका प्रतिनिधि बसेका व्यक्तिहरुले उपस्थित नभएको व्यक्ति, बिदेशमा भएको व्यक्तिको नाममा समेत मतदान गरेका छन् । पहिलो सुचनाको संवाददाता स्वयम अनुगमनमा रहेर गरेको रिपोर्टिङमा सो मतदान केन्द्रमा शान्तिपूर्ण रुपले निर्वाचनमा धाधालि भएको देखिन्छ ।

तत्कालिन भुषाफेदा-६ पोर्साबका फुर्वा छिरिङ तामाङ कार्य व्यस्तताको कारण मतदान गर्न दोलखा आउन सकेनन् । तर आज सम्पन्न चुनावमा उनको नामबाट भने मतदान भएको रेकर्ड छ ।

त्यस्तै, ९ वर्ष पहिले मृत्यु भैसकेको साबिक भुषाफेदा-४ का फुर्वा सिङ तामाङको नाममा समेत मतदान भएको छ ।

मुलुकमा रोजगारी नभएपछि छिरिङ तामाङ ३ वर्ष पहिले मलेसिय गएको थिए । मुलुकमा चुनाव आउदैछ भन्ने मात्रै सुनेका उनले आफ्नो नामबाट मतदान भएको छ भन्ने कुरा थाहा पाउदा आश्चर्य परेको बताए । त्यसै गरि आफ्नो भोट अरुले हालेको व्यक्तिमा पर्छन् शम्शेर तामाङ रोजगारीको शिलशिलमा दुवईमा पुगेको १ वर्ष भयो तर आज सम्पन्न चुनावमा उनको नामवाट पनि मत खसेको छ ।

सबै दलको प्रतिनिधिहरुको मिलेमतोमा सबै मतदाताहरुको भोट एक आपसमा सहमति गरेर नै खसालेको थियो । करिब १२ सय जना भन्दा पनि कम संख्यामा उपस्थित मतदातबाट भने २१२३ संख्यामा मत खसेको छ । प्रतिशतको हिसाबमा गर्दा यो ९०.१८% हुन आउछ जुन सम्भवतः मुलुकभरिमा खसेको सबैभन्दा बढी मत हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook