मतपेटिका साटिएपछी पाल्पाको तानसेनमा फेरि मतदान

Byपहिलो सुचना

२०७९ मंसिर ४, आईतवार ११:११ २०७९ मंसिर ४, आईतवार ११:११ २०७९ मंसिर ४, आईतवार ११:११

मङ्सिर ४, पाल्पा । पाल्पाको तानसेन नगरपालिका-६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।

६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।

त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।

दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने लक्ष्मी कुँवरले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook