नविन मा.वि मतदान केन्द्रमा मत खसाल्न सुरु

ByGyan Kaji Tamang

२०७९ मंसिर ४, आईतवार ०७:४२ २०७९ मंसिर ४, आईतवार ०७:४२ २०७९ मंसिर ४, आईतवार ०७:४२

मङ्सिर ४, दोलखा । आसन्न प्रतिनिधि सभा र प्रदेश शभाको निर्वाचनमा मत खसाल्न सुरु भएको छ । दोलखा जिल्लाको शैलुङ गाउपालिका वडा नं २ को निर्वाचन केन्द्र नविन मा.वि केन्द्रमा विहान ७:४० मा वडा अध्यक्ष तिर्थ श्रेष्ठले मतदान गरे सँगै मतदान सुरु भएको हो ।

निर्वाचन अधिकृत रमला घिसिङका अनुसार कुल २३५४ मतदात संख्या रहेको सो केन्द्रमा बिहान ७ बजेदेखि नै उत्साहको साथ मतदाताहरु लाईनमा बसेर मत खसाल्न बसेका छन् ।

प्रतिनिधि सभाको लागि मुख्य प्रतिस्पर्धा नेकपा एमाले बाट बालकृष्ण सिवाकोटी र गठबन्धनको तर्फबाट माओवादी केन्द्रको गंगा कार्की चुनावी मैदानमा छन भने प्रदेश सभामा गठबन्धनको तर्फबाट नेपाली काग्रेसको बर्मा लामा र नेकपा एमाले बाट भरत केसी चुनावी मैदानमा छन् ।

२०७४ सालको स्थानिय चुनावमा धाँधली हुने सकेंत भएपछि प्रहरीले ७ राउन्ड हवाई फायर गरेपछि भिड नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook