बलात्कार आरोपी सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश

Byपहिलो सुचना

२०७९ कार्तिक १८, शुक्रबार १९:३८ २०७९ कार्तिक १८, शुक्रबार १९:३८ २०७९ कार्तिक १८, शुक्रबार १९:३८

कात्तिक १८,काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए ।

अदालतको आदेश अनुसार उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । थुनछेक बयानका क्रममा लामिछानेले जाहेरीकर्ताले ‘अरु कसैको उक्साहटमा आरोप लगाएको’ दाबी गरेका थिए ।
तर सरकारी वकिलहरुले उमेरको कुरा सहायक विषय भएको बताउँदै मुख्य कुरा बलात्कार भएको प्रमाणहरुले स्थापित हुने जिकिर गरेका थिए । लामिछाने स्वयम्ले बयानमा पीडित भनिएकी किशोरीसँग भक्तपुर घुम्न गएर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बसेको स्वीकारेका छन् ।

होटलको क्लोज सर्किट ९सीसी० क्यामरा फुटेजबाट पनि यो पुष्टि भएको बताउँदै सरकारी वकिलले बलात्कार पुष्टि हुने दाबी गरेको थियो ।

लामिछानेले कोठामा सँगै बसे पनि कुर्सीमा निदाएको र बलात्कार नगरेको दाबी गरेका थिए । तर पीडितले राति दुई पटक आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको दाबी गरेकी छन् । दोस्रो पटक रुँदै कराउन थालेपछि लामिछानेले कुटपिट पनि गरेको उनको भनाइ छ ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो । निलम्बित भएपछि उनले नेपालको कानून मान्ने बताउँदै स्ट्याटस लेखेका थिए ।

तर क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्ने क्रममा जमैका रहेका उनी एक महिनासम्म सम्पर्कविहीन रहे । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आए र विमानस्थलबाटै पक्राउ परे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook