निर्वाचनमा ४७ संस्थालाई पर्यवेक्षण गर्न अनुमति

Byपहिलो सुचना

२०७९ कार्तिक १९, शनिबार १५:४० २०७९ कार्तिक १९, शनिबार १५:४० २०७९ कार्तिक १९, शनिबार १५:४०

कात्तिक १९, काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा ४७ संस्थाले पर्यवेक्षण गर्ने भएको छ ।

निर्वाचन आयोगले संघ र प्रदेशको चुनावको लागि ४७ पर्यवेक्षण खटाउन अनुमति दिएको हो ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए ।

यी संस्थाबाट देशभर करिब १० हजार पर्यवेक्षक खटिने उनले जानकारी दिए । 

निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने पनि उनले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook