असोज ३०, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
अहिले उनको शरीर किष्ट मेडिकल कलेज परिसरमा मै भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । श्रद्धाञ्जलीपछि उनको शरीर अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।
जोशीको किष्ट अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको थियो ।
अस्पतालका अनुसार उनको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने छ ।
