दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर र किशोरीको शव फेला

Byपहिलो सुचना

२०७९ आश्विन ३०, आईतवार १६:५८ २०७९ आश्विन ३०, आईतवार १६:५८ २०७९ आश्विन ३०, आईतवार १६:५८
Crime scene

असोज ३०, दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर र किशोरीको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । आचार्यको हजुरआमा २८ गते नाती हराएकोले खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालय आएकी थिइन् ।

उनीहरुको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो । उनीहरुलाई हत्यापछि गाडेको हुनसक्ने दाङ प्रहरीले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook