असोज १३, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बिहिवार) दिउँसो तीन बजे बस्दैछ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा हुने भएको छ ।
बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
