डलरको भाउमा फेरि नयाँ रेकर्ड: १ डलरको रु १३१.४१

Byपहिलो सुचना

२०७९ आश्विन १३, बिहीबार ०९:०९ २०७९ आश्विन १३, बिहीबार ०९:०९ २०७९ आश्विन १३, बिहीबार ०९:०९

असोज १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३०.८१ र बिक्रीदर १३१.४१ रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२५.२२ र बिक्रीदर १२५.७९ रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १३९.५९ र बिक्रीदर १४०.२३ रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५.९३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९.०४ रहेको छ भने बिक्रीदर ९.०८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४.७५ रहेको छ भने, बिक्रीदर ३४.९१ रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook