असोज १४, काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
उनीहरूलाई वीरगञ्ज लगायतका क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
पक्राउ परेकाहरूलाई आजै दिउँसो पत्रकार सम्मेलनज गरेर सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको थियो ।
