अमेरिकाका गोप्य दस्तावेज लिक गरेका स्नोडेनलाई रुसी नागरिकता

Byपहिलो सुचना

२०७९ आश्विन ११, मंगलवार ०९:५३ २०७९ आश्विन ११, मंगलवार ०९:५३ २०७९ आश्विन ११, मंगलवार ०९:५३

असोज ११, काठमाडौं । अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिने भएको छ । स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ ।

स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेका थिए । ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचरहरुले अन्तर्राष्ट्रियस्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने उल्लेख थियो । स्नोडेनलाई रुसले सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook