सन्दीप लामिछानेविरूद्ध डिफ्युजन नोटिसु जारी

Byपहिलो सुचना

२०७९ आश्विन १०, सोमबार १९:४९ २०७९ आश्विन १०, सोमबार १९:४९ २०७९ आश्विन १०, सोमबार १९:४९

असोज १०, काठमाडौं । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनका अनुसार इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको दुई दिन भएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटकपटक बलात्कार गरेको आरोप लागेको थियो । भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्ट इन्डिज गएका थिए ।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो । लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ । केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो । तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए ।

लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन् । उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए । त्यसका लागि आफू केही दिनमै नेपाल फर्किने बताएका थिए। उनले आफूले क्यारेबियन प्रिमियर लिग टिम जमैका छाडेको पनि बताएका थिए । इएसपिएन क्रिकइन्फोले भने सन्दीपलाई टिमबाट निकालेको उल्लेख गरेको थियो। साथै तत्काल नेपाल फर्‍काउने सिपिएलले बताएको थियो ।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेकोबारे छानबिन गर्ने बताएको छ । छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन । घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ ।
जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।

त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ । उनीहरू भदौ ५ गते राति ११:५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ । सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन् । त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook