रवीन्द्र मिश्र भोलि राप्रपा प्रवेश गर्दै

Byपहिलो सुचना

२०७९ आश्विन ११, मंगलवार १०:११ २०७९ आश्विन ११, मंगलवार १०:११ २०७९ आश्विन ११, मंगलवार १०:११

असोज ११, काठमाडौं । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् ।

राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको जानकारी दिए । ‘राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहका बीच बुधबार एकता घोषणा सभा हुँदैछ,’ उनले भने ।

मिश्रले गत वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका थिए ।

उनले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook