सिट बाडफाँट गर्न सत्ता गठबन्धनका नेताहरूको बैठक

Byपहिलो सुचना

२०७९ आश्विन ११, मंगलवार १२:३६ २०७९ आश्विन ११, मंगलवार १२:३६ २०७९ आश्विन ११, मंगलवार १२:३६

असोज ११, काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनका लागि सिट बाडफाँट गर्न सत्ता गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

सहमतिको नजिक पुगेको दाबी गर्दै आएका नेताहरूले यतिबेला प्रदेशसहितको सिट बाडफाँटमा छ्लफल गरिरहेकाे स्राेतले जनाएकाे छ ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

त्यसयता शीर्ष नेताहरू निरन्तर छलफलमा रहेपनि हालसम्म सिट बाडफाँटकाे टुङ्गाे लाग्न सकेकाे छैन् ।  नेताहरूले भने यही असोज १६ गतेभित्र बाँडफाँटकाे टुङ्गो लगाइसक्ने दाबी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook